२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकलको सेयर धितोमा आकर्षक ब्याजदर घोषणा


सञ्चार डबली
  • बुधबार, साउन १४ २०८२
  • 7.3K
    SHARES

  • images
    एनआईसी एशिया बैंकलको सेयर धितोमा आकर्षक ब्याजदर घोषणा


    काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितोमा आकर्षक ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ। बैंकले औसत आधार दर ‘बेसरेट’मा १ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने योजना सार्वजनिक गरेको हो।

    हाल बैंकको औसत आधार दर ७.१७ प्रतिशत रहेको छ। त्यसमा १ प्रतिशत प्रिमियम थपिएर ८.१७ प्रतिशत ब्याजदर कायम हुने बताइएको छ।

    बैंकले सार्वजनिक गरेको ‘अठोट लोन अगेन्स्ट सेयर’ योजना अन्तर्गत ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य कम्पनीका साधारण सेयर धितो राखेर कर्जा लिन सक्नेछन्। कर्जा १८० दिनको सेयरको औसत मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म हुनेछ।

    यस योजनाअनुसार, न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। बैंकले ग्राहकको आवश्यकता, बजारको अवस्था र समयको मागलाई ध्यानमा राख्दै सेयर बजारलाई सशक्त बनाउन र लगानीकर्तालाई सहज कर्जा पहुँच उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend