२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 4.8K
    SHARES

  • images
    तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

    काठमाडौं।लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१–८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४औं बैठकले यो निर्णय गरेको हो।

    घोषणाअनुसार, सनराईज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। यसैगरी, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

    शुभ लक्ष्मी कोषको लाभांशका लागि साउन १२ गतेसम्म दर्ता कितावमा नाम भएका इकाईधनीहरू मात्र योग्य हुनेछन्। अन्य दुई योजनाका लागि दर्ता किताव बन्द (book closure) मिति भने पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

    शुभ लक्ष्मी कोषमा लाभांश पुनः लगानी योजना रोजेका इकाईधनीहरूका लागि प्राप्त रकमबाट कर तथा डिपी शुल्क कटौती गरी बाँकी रकम बराबरको इकाई बजार मूल्यमा खरिद गरिनेछ र सोझै हितग्राही खातामा जम्मा गरिनेछ।

    तर लाभांश पुनः लगानी योजनामा सहभागी नभएका लगानीकर्ताहरूले भने नगद स्वरूपमा प्रतिफल प्राप्त गर्नेछन्, जुन सीधै उनीहरूको हितग्राही खातामा जोडिएको बैंक खातामा जम्मा हुनेछ।

    लक्ष्मी सनराईज क्यापिटलले व्यवस्थापन गरिरहेका यी योजनाहरूले नियमित प्रतिफल वितरण गर्दै आएका छन्, जसले म्युचुअल फण्डप्रति लगानीकर्ताको विश्वास बढाउन मद्दत पुर्‍याएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend