२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंक लि. द्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 5.2K
    SHARES

  • images
    एनएमबि बैंक लि. द्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    मङ्गलबार, १३ साउन २०८२

    काठमाडौँ। एनएमबि बैंक लि. तथा मन्दाकिनी हाइड्रोपावर लि. बीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक लि. को एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी रु.४६ करोड ३३ लाख २५ हजार रहनेछ । एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री गोबिन्द घिमिरेज्यूले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि. लाई आग्रह गर्नु भएकोमा उक्त कम्पनीका अध्यक्ष श्री शरद कुमार दाहालज्यूले वित्तिय व्यवस्थापनमा सहयोग गर्नु भएकोमा एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गर्नु भएको छ । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउनेप्रतिवद्धता व्यक्त गर्नुभयो।

    त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर लि. द्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंक लि. कोअगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिनु भयो ।

    नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकलेवातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend