२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 5.1K
    SHARES

  • images
    आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    मङ्गलबार, १३ साउन २०८२
    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend