२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

झिनो अङ्कले घट्यो नेप्से परिसूचक, १९ अर्बभन्दा बढीको कारोबार


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 5.9K
    SHARES

  • images
    झिनो अङ्कले घट्यो नेप्से परिसूचक, १९ अर्बभन्दा बढीको कारोबार


    काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

    आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ ।

    अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेकस ०.७८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.३७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अंकले घटेको छ । यसदिन समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ग्रिनभेन्चरर्स लिमिटेडको शेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend