२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भोलिबाट राप्ती हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 7.2K
    SHARES

  • images
    भोलिबाट राप्ती हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा


    काठमाडौं। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले भोलिबाट अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ। असार १ गतेदेखि कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।

    तर, बिक्रीमा बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता सेयर बोलकबोल बढाबढ मार्फत बिक्री गरिने छ। यसमध्ये सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइनमा रहने) १ लाख ४० हजार १०१ कित्ता शेयर लिलामी मार्फत बिक्री गरिने छ।

    सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसअनुसार लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलपत्र दिनुपर्नेछ।

    बोलपत्र आवेदन फाराम मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्साल, काठमाडौं तथा मुक्तिनाथ विकास बैंकका शाखाहरू — ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड (झापा), विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, दाङ, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा उपलब्ध हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend