२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 6.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

    काठमाडौं। एनआई सी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच यस बैंककाग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता पछि यस बैंककाग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्तगर्न सकिनेछ ।

    ग्राहकमहरुले जनरल हस्पिटल सेवाहरु (Lab test, Bed Charge, ICU, Post up Bed Charge) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (Dental filling, Dental Scaling, RCT and Extraction ETC)मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (Dental Implants, Veneer, Braces Aligner, Dermatologist) मा ७ प्रतिशत छुट उपभोग गर्न सकिनेछ ।

    ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर-कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्तगर्न सकिनेछ भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमाउक्त छुट सुविधा उपभोग गर्न सकिनेछ ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वामोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend