२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्यालेस्टिनी सहरमा इजरायलद्वारा हवाई हमला, ८ जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 13.9K
    SHARES

  • images
    प्यालेस्टिनी सहरमा इजरायलद्वारा हवाई हमला, ८ जनाको मृत्यु

     

    काठमाडौं, १९ असार । इजरायल र प्यालेस्टाइनबीच केही दिनदेखि जारी तनाव सोमबारबाट खतरनाक बन्दै गएको छ । इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गरेको थियो। जसमा ८ प्यालेस्टिनी मारिएका छन् ।

    आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । यो अपरेशन चलिरहेको छ। यसैबीच प्यालेस्टाइनको आतंकवादी संगठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

    अर्कोतर्फ इजरायलले भन्यो– जेनिनमा रहेको शरणार्थी शिविरलाई आतंकवादी लुकाउन र हतियार राख्न प्रयोग भइरहेको छ । इजरायलले पनि उनीहरुको तस्विर सार्वजनिक गरेको छ ।

    प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

    ‘टाइम्स अफ इजरायल’का अनुसार आक्रमणमा ८ प्यालेस्टाइनीको मृत्यु भएको छ । २० जना पक्राउ परेका छन् । जेनिनलाई शरणार्थीहरूको सहर भनिन्छ, तर यहाँका शरणार्थी शिविरहरूलाई आतंकवादी लुकाउने ठाउँको रूपमा प्रयोग भइरहेको छ। इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाईएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend