२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, साउन ११ २०८२
  • 4.7K
    SHARES

  • images
    तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १६ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर खुला गरेको हो।

    नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको छ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend