२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव समारोह सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 6.2K
    SHARES

  • images
    ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव समारोह सम्पन्न


    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र शाश्वत समृद्धि ल्याउने मूल उद्देश्यका साथ २०६५ साउन ९ गते स्थापना भएको बैंक १८औं वर्षमा प्रवेश गरेको छ।

    प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।

    बैंकले वार्षिकोत्सवको दिन २४x७ उपलब्ध एआई च्याटबट “ज्योति” सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ।

    यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ। त्यस्तै, बैंकले इन्टर बैंक टेलर क्यआर सेवा सुरु गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्। जुन सेवा एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ।

    वार्षिकोत्सवको अवसरमा बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ। तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ।

    राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। यस्तै, ई-नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिने घोषणा गरिएको छ।

    वार्षिकोत्सवको अवसरमा बैंकले “Jyoti’s Got Talent” को दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो। विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend