२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकहरूले सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 5.3K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकहरूले सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट पाउने


    काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा.लि.बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहले क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend