२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ब्याज दरको ऋणपत्र बाँडफाँट


सञ्चार डबली
  • बिहीबार , साउन ८ २०८२
  • 4.6K
    SHARES

  • images
    साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ब्याज दरको ऋणपत्र बाँडफाँट

    काठमाडौँ। साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘साइन रेसुङ्गा डिबेञ्चर’ बाँडफाँट भएको छ । रु.१ अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्रहरू आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट भएको हो ।

    उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रूपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिबिम्वित गर्दछ । 

    कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरूमार्फत् उत्साहजनक सहभागिता रहेको थियो । 

    हालका दिनहरूमा सर्वसाधारण लगानीकर्ताहरूद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरूको बढ्दो जागरूकता र विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको छ । 

    यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरूलाई अझ प्रभावकारी, भरपर्दाे र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहो-याएको छ ।

    उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरू तथा पत्रकार वृत्तलगायत सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend