२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नियामकीय निर्देशन उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही


सञ्चार डबली
  • बिहीबार , साउन ८ २०८२
  • 5.3K
    SHARES

  • images
    नियामकीय निर्देशन उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

    काठमाडौं — नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेका कारण दुई वाणिज्यलाई कारबाही गरेको छ।

    राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको जनाएको छ । सिटिजन्स बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्राप्त निर्देशनको उल्लंघन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीइओ) को करार सम्झौतामा संशोधन गरी सुविधा वृद्धि गरेको पाइएको हो। त्यस्तै, ‘सिटिजन्स फास्ट ट्र्याक लोन’ अन्तर्गत कर्जा उपयोगको विस्तृत अध्ययन आन्तरिक लेखापरीक्षकबाट गर्न भनिए पनि निर्देशन पालना नगरिएको राष्ट्र बैंकले जनाएको छ।

    बैंकले ब्याजदर अन्तरको गणना समेत गलत तरिकाले गरेको, पुराना कर्जा तथा ब्याज चुक्ता गर्न नयाँ कर्जा प्रवाह गरेको, तोकिएको समयमा बैंक जमानत भुक्तानी नगरेको र अस्थायी रूपमा म्याद बढाइएका कर्जामा ‘एजिङ वाइज’ नोक्सानी व्यवस्था नगरेको जस्ता विभिन्न गम्भीर लापरवाही देखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    त्यस्तै, चालु पुँजी सम्बन्धी मार्गदर्शनको पालना नगरेको र तोकिएको क्षेत्रमा प्रवाह भएका कर्जाबारे गलत रिपोर्टिङ गरेको आरोपमा सिटिजन्स बैंकका सञ्चालक समिति र सीइओलाई राष्ट्र बैंकले सचेत गराएको छ।

    यसैगरी एनआईसी एशिया बैंकले एकीकृत निर्देशनको उल्लंघन गर्दै ऋणीबाट नियमभन्दा बढी ब्याज असुल गरेको पाइएको हो। साथै, कर्जा सम्झौता गर्दा कर्जाको प्रकार, ब्याजदर (स्थिर वा परिवर्तनशील), किस्ता सम्बन्धी विवरणहरू स्पष्ट रूपमा उल्लेख नगरेको, तथा ब्याजदर परिवर्तन गर्दा ऋणीलाई जानकारी नदिएको पनि राष्ट्र बैंकको निष्कर्ष छ।

    यस कारणले राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend