२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा ५.१७ अंकको वृद्धि, १९ अर्ब ९७ करोड माथिको कारोबार


सञ्चार डबली
  • बुधबार, साउन ७ २०८२
  • 5.8K
    SHARES

  • images
    नेप्सेमा ५.१७ अंकको वृद्धि, १९ अर्ब ९७ करोड माथिको कारोबार

     

    काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ९७ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्रिन भेञ्चरका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ५.३२ प्रतिशतका दरले गुमाए ।

    यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँ र तेस्रोमा निफ्राको ६२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend