२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैंकिङ प्रणालीबाट ८० अर्ब उठाउँदै राष्ट्र बैंक


सञ्चार डबली
  • बुधबार, साउन ७ २०८२
  • 6.4K
    SHARES

  • images
    बैंकिङ प्रणालीबाट ८० अर्ब उठाउँदै राष्ट्र बैंक

     

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

    ५६ दिने निक्षेप असोज १ गते साँवा र ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend