२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलको सेवामा छुट पाउने


सञ्चार डबली
  • मंगलबार, साउन ६ २०८२
  • 4.5K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं- एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच यस बैंकका ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । 

    यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 

    देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend