२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिन्धु विकास बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढ्यो


सञ्चार डबली
  • मंगलबार, साउन ६ २०८२
  • 5.3K
    SHARES

  • images
    सिन्धु विकास बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढ्यो


    काठमाडौं । सिन्धु विकास बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको छ । विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २८७.६० प्रतिशतले बढाएको हो ।

    बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३ करोड ४ लाख रुपैयाँ थियो।

    नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक नै छ । चालु आवको बैंकको वितरणयोग्य मुनाफा २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख कायम भएको भने संचालन आम्दानी पनि ३०.४९ प्रतिशतले घटेर १५ करोड ६ लाख कायम भएको छ। कम्पनीको संचालन नाफा ४१७.३९ प्रतिशतले बढेर १५ करोड ३५ लाख पुगेको छ ।

    यस विकास बैंकको रिजर्भमा १३ करोड ३४ लाख रहेको छ भने ५ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ । कर्जा भने ३ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ।

    समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी २१.१५ रुपैयाँ, प्रति शेयर नेटवर्थ ८६.७ रुपैयाँ र कम्पनीको खराब कर्जा ६.०३ प्रतिशत रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend