२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकले ऋणपत्र निष्कासन खुलायो, वार्षिक ब्याजदर ७ प्रतिशत


सञ्चार डबली
  • मंगलबार, साउन ६ २०८२
  • 5.8K
    SHARES

  • images
    नबिल बैंकले ऋणपत्र निष्कासन खुलायो, वार्षिक ब्याजदर ७ प्रतिशत

    काठमाडौं। नबिल बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरमा ३० लाख इकाइ ऋणपत्र निष्कासन खुलाएको छ। 

    बैंकले १८ लाख इकाइ आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि खुलाएको हो। ८ वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदरको ‘नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो। 

    ऋणपत्रमा साउन ९ सम्म आवेदन दिन सकिनेछ भने तोकिएको समय बिक्री नभए साउन २० सम्म खुला रहनेछ। बैंकको ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सकिनेछ।

    ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने बैंकले जनाएको छ। बैंकले ऋणपत्र निष्कासन नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend