२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२१.७६ अंकले बढयो नेप्से, घट्यो कारोबार रकम 


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 5.3K
    SHARES

  • images
    २१.७६ अंकले बढयो नेप्से, घट्यो कारोबार रकम 

     

    काठमाडौं ।  साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।

    यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो ।

    आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.६८ अंकले बढेको छ ।यसदिन थ्रिस्टार हाइड्रोपावर, ट्रेडटावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८०.८८ रुपैयाँले वृद्धि भएर ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    ट्रेडटावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले वृद्धि भएर ४८७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य क्रमशः प्रतिकित्ता ३९.४० रुपैयाँ र १९५०४ रुपैयाँले बृद्धि भएर ४३४.३० रुपैयाँ र २२७०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता १४७.७३ रुपैयाँले घटेर १३२९.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्यमा पनि नकारात्मक सर्किट लाग्दै ९३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन रिन्स्योरेन्स र फस्र्ट माइक्रो फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend