२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 5.8K
    SHARES

  • images
    राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने

     

    काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन ।

    सोहि शेयरलाई कम्पनीले अहिले बोलकबोल प्रक्रिया मार्फत विक्री गर्न लागेको हो । कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अंकित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले साउन २० गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।


    लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, विर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर,हेटौडा, नारायणगढ र पोखराबाट आवेदन पेश गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend