२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

फोन पे मा लगानी गर्दै खेतान समुह


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 5.0K
    SHARES

  • images
    फोन पे मा लगानी गर्दै खेतान समुह


    काठमाडौं ।  व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।

    ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।

    फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend