२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 5.1K
    SHARES

  • images
    विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।

    प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।

    आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु–एआरआर) का आधारमा प्राधिकरणले प्रतिस्पर्धाबाट फर्म-कम्पनी छनोट गने बताएको छ ।

    आशयपत्र पेश गर्ने फर्म-कम्पनीले बोलपत्रमार्फत बोलकबोल गरेको राजस्वको आम्दानी रकम र अन्य प्राविधिक क्षमताका आधारमा प्रतिस्पर्धामार्फत निर्माणकर्ता फर्म-कम्पनी छनोट हुनेछ भने छानिने फर्म-कम्पनीले प्रसारण लाइनको निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण बुट मोडलमा विकास गर्नुपर्नेछ ।

    प्राधिकरणले तिङ्ला–दूधकोशी–ढल्केबर लाइनको लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करीब १९ अर्ब ६१ करोड ५८ लाख), अरुण हब (शीतलपाटी)–इनरुवा तथा न्यू खिम्ती ढल्केबरको ८ करोड लाख अमेरिकी डलर (करीब ११ अर्ब ५ करोड) र लप्सीफेदी–३ पिप्लेको १ करोड ८० लाख अमेरिकी डलर (१ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend