२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर


सञ्चार डबली
  • आइतबार, साउन ४ २०८२
  • 5.0K
    SHARES

  • images
    सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर

    काठमाडौं- सिटिजन्स बैंकले साउन महिनाभरका लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिनामा महिला ग्राहकका लागि यो अफर ल्याएको हो ।

    उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार बैंकको जुनसुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाएको छ ।

    ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ ।

    साउन महिनामा खाता खोल्ने महिला ग्राहकले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने र यो अफर सबै शाखाहरुमा साउन महिनाभर मात्र लागू हुने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend