२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्कासन समाप्त


सञ्चार डबली
  • शुक्रबार, साउन २ २०८२
  • 4.6K
    SHARES

  • images
    ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्कासन समाप्त

    शुक्रबार, ०२ साउन २०८२
    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड द्वारा जारी “७५ नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” चार गुणाभन्दा बढीले ओभर सब्सक्राइब भएको छ । कुल ३०,००,००० इकाईहरू, प्रत्येक रु. १,००० को अंकित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो । २०८२ असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।

    कुल इकाईहरूमध्ये १८,००,००० इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२,००,००० इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५% (६०,००० इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend