२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राधी विद्युतको हकप्रद बिक्री प्रबन्धकमा क्यापिटल मुक्तिनाथ क्यापिटल नियुक्त


सञ्चार डबली
  • बिहीबार , साउन १ २०८२
  • 6.5K
    SHARES

  • images
    राधी विद्युतको हकप्रद बिक्री प्रबन्धकमा क्यापिटल मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्कासनको बिक्री व्यवस्थापनको जिम्मेवारी दिएको हो।

    कम्पनीले चुक्ता पुँजीको अनुपातमा १ः०.६९८९ को अनुपातमा अर्थात् ६९.८९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । प्रस्तावित हकप्रद अन्तर्गत कुल १ करोड २८ लाख ५२ हजार ६२६ दशमलव ४४ कित्ता सेयर सर्वसाधारण सेयरधनीहरूका लागि जारी गर्नेछ।

    यस हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमक आयोगबाट स्वीकृति प्राप्त भने भइसकेको छैन। आयोगको स्वीकृति र धितोपत्र बोर्डको अनुमति प्राप्त भएपछि कम्पनीले औपचारिक रूपमा हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend