२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई दिन स्थिर रहेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 5.2K
    SHARES

  • images
    दुई दिन स्थिर रहेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

     

    काठमाडौं । दुई दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार तीनसय रुपैयाँले घटेको हो।सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    आइतबार र सोमबार गरेर प्रतितोला १५ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा स्थिर थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    चाँदीको मूल्य आज पनि घटेको छ। हिजो तोलामा ५० रुपैयाँ घटेको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको महासंघले जनाएको छ। चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ६० रुपैयाँ छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend