२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 6.1K
    SHARES

  • images
    आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    बुधबार, ३२ असार २०८२
    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९०  पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend