२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएसएनसीएस र नेपालपे कार्डमा आबद्ध


सञ्चार डबली
  • मंगलबार, असार ३१ २०८२
  • 5.3K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएसएनसीएस र नेपालपे कार्डमा आबद्ध

    काठमाडौं ।  नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) बीच राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल कार्ड स्विच (एनपीएस-एनसीएस) तथा देशमै सञ्चालन हुने कार्ड योजना ‘नेपाल पे कार्ड’का लागि सदस्यता सम्झौता भएको छ।

    सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। एनसीएचएलले नेपालपे कार्ड जारी गर्न तथा कारोबार गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिसकेको छ। अबको व्यावसायिक कार्यान्वयनपछि एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड सेवा दिन पाउनेछ।

    एनपीएस-एनसीएसले नेपालभित्रको कार्ड कारोबारलाई एउटै केन्द्रीय प्रणालीबाट सञ्चालन गर्ने सुविधा दिनेछ। यसले अन्तर्राष्ट्रिय कार्ड योजनामा निर्भरता घटाउने, कारोबार खर्च घटाउने, डेटा नेपालमै राख्न सकिने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ नवप्रवर्तन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    हाल एनसीएचएलसँग ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा प्रदायक (पीएसओ) र १०० भन्दा बढी प्राविधिक सदस्य आबद्ध छन्। नेपालपे कार्ड योजना र एनपीएस–एनसीएसको कार्यान्वयनले नेपालको कार्ड प्रणालीलाई नयाँ चरणमा लैजाने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend