२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ : अध्यक्ष ढकाल


सञ्चार डबली
  • मंगलबार, असार ३१ २०८२
  • 5.4K
    SHARES

  • images
    निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ : अध्यक्ष ढकाल

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महङगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’

    उनले व्यवसायको औपचारीकरण अव विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको बताए ।

    ‘हामीले दिने सुझाव, नीति निमार्णमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाई भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गईरहेको छ जून निजी क्षेत्रका लागि खुसिको खबर हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend