२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आज बढे सेयर बजारका सबै सूचक


सञ्चार डबली
  • मंगलबार, असार ३१ २०८२
  • 4.9K
    SHARES

  • images
     आज बढे सेयर बजारका सबै सूचक

     

    काठमाडौं । आज सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

    सबै समूहका सूचक बढेका छन् । बैंकिङ सबैभन्दा धेरै १.८१ प्रतिशत बढ्यो । विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा ०.७६, अन्य ०.५२ तथा व्यापार ०.८५ प्रतिशत बढे ।

    सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ५.८६, भूगोल इनर्जीको ५.७१, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशत बढ्यो । भगवती हाइड्रोपावरको ४.६४, शुभम् पावरको ३.३३, चिरख्वा हाइड्रोपावरको ३.२६, सप्तकोशी विकास बैंकको २.८२ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend