२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

फोनपे युपिआइ कारोबार १० लाख नाघ्यो


सञ्चार डबली
  • सोमबार, असार ३० २०८२
  • 6.4K
    SHARES

  • images
    फोनपे युपिआइ कारोबार १० लाख नाघ्यो

    काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ—फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सनहरू अब १० लाख नाघेका छन्। यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको छ।

    भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। अझ बढी भारतीय ग्राहकहरू युपिआइ सक्षम एप्स प्रयोग गरी फोनपे QR स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्। यस अन्तरसञ्चालनीय प्रणालीको सफलताले क्रस(बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउँछ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने, “१० लाख युपिआइ कारोबार पार गर्नु भनेको नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण हो। यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।”

    युपिआइ कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्यता, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर, र अन्तरसञ्चालनीय त्तच् भुक्तानी प्रणालीको सहजता पर्दछ। फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस-बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।

    फोनपे परिचय

    फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोनपेले PCI-DSS प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो। फोनपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ। प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी सञ्जालमा नवप्रवर्तन ल्याउने र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

    थप जानकारीका लागि: https://fonepay.com

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend