२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज बजार ३५.०९ अंकको गिरावट, ८ अर्ब १७ करोडको कारोबार  


सञ्चार डबली
  • सोमबार, असार ३० २०८२
  • 6.6K
    SHARES

  • images
    आज बजार ३५.०९ अंकको गिरावट, ८ अर्ब १७ करोडको कारोबार  


    काठमाडौं । आज बजार ३५.०९ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अंक बढेकाले सोमबार नाफा बुक भएको पाइन्छ । १२ असारमा बजार २५९५ अंकसम्म झरेको थियो ।

    आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो ।

    बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

    माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको ४.४८, जोशी हाइड्रोपावरको ४.४३ तथा सिनर्जी पावरको ४.१२ प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ४.४६, धौलागिरि लघुवित्तको ४.३४, लक्ष्मी सनराइज बैंकको ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.८० तथा सिटिजन्स बैंकको ३.७४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend