२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण 


सञ्चार डबली
  • सोमबार, असार ३० २०८२
  • 5.9K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण 

    आषाढ ३०, २०८२ सोमवार
    काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो ।

    एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गर्नुभयो । एकेडेमीमा आर्थिक रुपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिनुभयो । यो सहयोगले विद्यार्थीहरूको पठनपाठन अघि बढाउन सहज भएको भन्दै अध्यक्ष डा. खरेलले सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend