२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकले आजदेखि साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै


सञ्चार डबली
  • आइतबार, असार २९ २०८२
  • 5.1K
    SHARES

  • images
    सिद्धार्थ बैंकले आजदेखि साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

    काठमाडौं- सिद्धार्थ बैंकले आज असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

    सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ।

    ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend