२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंकले मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने


सञ्चार डबली
  • आइतबार, असार २९ २०८२
  • 4.7K
    SHARES

  • images
    प्रभु बैंकले मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने

    काठमाडौं- नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

    कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा बैंकको ६५ प्रतिशत र दुप्चेश्वर महादेव हाइड्रो कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ।

    शुक्रवार काठमाडौंमा भएको सम्झौतामा कम्पनीका अध्यक्ष अनिल जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका हुन्।

    दुप्चेश्वर गाउँपालिका–६ मा १५ महिनाभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माणाधीन यो आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर प्रशारण लाइनमार्फत समुद्रटार सवस्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend