२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच विशेष सहकार्य


सञ्चार डबली
  • बिहीबार , असार २६ २०८२
  • 5.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच विशेष सहकार्य

     

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता गरेको छ ।

    यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन् ।

    यस सम्झौता अनुसार ग्राहकले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका ग्राहकले यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटमा उक्त सुविधा प्रयोग गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend