२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 करिब ४ महिनाकै उच्चतम अंकमा पुग्यो सेयर बजार


सञ्चार डबली
  • बिहीबार , असार २६ २०८२
  • 5.5K
    SHARES

  • images
     करिब ४ महिनाकै उच्चतम अंकमा पुग्यो सेयर बजार

     

    काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।

    १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो ।

    विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०।१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे ।  व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend