२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, असार २५ २०८२
  • 4.7K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

    बुधबार, २५ असार २०८२
    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

    असार २३ गते आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको हो ।

    ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण कार्यक्रममा सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा सांग्रिला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमल विक्रम शाह लगायतको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा. महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विरामीको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरे ।

    यस बैंकले यसअघि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो । बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend