२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि


सञ्चार डबली
  • मंगलबार, असार २४ २०८२
  • 5.7K
    SHARES

  • images
     आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

                
    काठमाडौं । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ ।

    प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९४ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ०६, गैर–मदिराजन्य पेयपदार्थको पाँच दशमलव १३, फलफूलको तीन दशमलव ५१ र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ०४, मरमसलाको तीन दशमलव ०६ र माछा तथा मासुको दुई दशमलव ९१ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव ४३, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८२, शिक्षाको पाँच दशमलव ८८, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ६६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १८, मधेशको दुई दशमलव ५२, बागमतीको दुई दशमलव २९, गण्डकीको एक दशमलव ७५, लुम्बिनीको दुई दशमलव ३९, कर्णालीको दुई दशमलव ५४ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ८६ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend