२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो


सञ्चार डबली
  • मंगलबार, असार २४ २०८२
  • 6.5K
    SHARES

  • images
    ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ११ महिना अर्थात् साउनदेखि जेठसम्म १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    यो गएको वर्षको यही अवधिको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढी हो । यो वर्षको जेठ महिनामा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च रेमिट्यान्स हो ।

    यस्तै ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख ५२ हजार तीन सय २४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख आठ हजार ६७ छ ।

    अघिल्लो वर्षको यही अवधिमा चार लाख २१ हजार तीन सय ५६ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ६१ हजार दुई सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend