२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न


सञ्चार डबली
  • मंगलबार, असार २४ २०८२
  • 5.4K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

    मंगलबार, असार २४, २०८२
    काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले ७ जुलाई २०२५ मा बैंकको ३२ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री राम कूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नूभयो । साथै, उहांले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिनूभयो ।

    त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पू¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गर्नूभयो । प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नूभयो ।

    उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोही दिन काठमाण्डौको कमलादी स्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।  हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङ सहित १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend