२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गभर्नरबाट गरे पदभार ग्रहण


सञ्चार डबली
  • सोमबार, असार २३ २०८२
  • 5.4K
    SHARES

  • images
    प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गभर्नरबाट गरे पदभार ग्रहण

    काठमाडौं- प्रभु बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जंग कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    उनले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबाट सपथ ग्रहण गरेका हुन् ।कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका दीर्घ रावल साथै प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो ।

    त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका अध्यक्षज्यू यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयको सहसचिवका रूपमा सेवा गरेका छन् । त्यसैगरी निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका कार्कीले नेपाल टेलिकम, मेलेम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्जालका समितिमा सदस्यका रूपमा समेत विविध कार्यानुभव हासिल गरेका छन् । 

    ३८ वर्षभन्दा बढी अवधिको नेपालका सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएको अनुभव हासिल गरेका कार्कीको नेतृत्व प्राप्त गर्नु प्रभु बैंकका लागि गौरवको विषय रहेको बैंकले जनाएको छ । 

    उनको नेतृत्वमा बैंकको व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा अझै ठुलो मिल्ने विश्वास बैंकले लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend