२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पश्चिमी केन्याको लन्डियानीमा भयानक सडक दुर्घटना, ४८ को मृत्यु


सञ्चार डबली
  • शनिबार, असार १६ २०८०
  • 8.4K
    SHARES

  • images
    पश्चिमी केन्याको लन्डियानीमा भयानक सडक दुर्घटना, ४८ को मृत्यु


    काठमाडौं, १६ असार । पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन्। उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।

    दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,ु उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् ।

    केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’

    स्मरण रहोस, शुक्रबार साँझ भएको दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो। गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट खसेर नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend