२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर कति ?


सञ्चार डबली
  • सोमबार, असार २३ २०८२
  • 6.2K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्री दर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ३४ पैसा र बिक्रीदर ८९ रुपियाँ ७४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९८ पैसा र बिक्रीदर १०७ रुपियाँ ४५ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा कायम भएको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०१ पैसा र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ १६ पैसा र बिक्रीदर ४४९ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपियाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५९ पैसा र विक्रीदर ३५६ रुपियाँ १५ पैसा रहेको छ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend