२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माबिलुङ इनर्जीको आईपीओ बिक्री खुला


सञ्चार डबली
  • आइतबार, असार २२ २०८२
  • 6.1K
    SHARES

  • images
    माबिलुङ इनर्जीको आईपीओ बिक्री खुला

    काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले सोमबार (असार २२ गते)बाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३० रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको थियो ।

    जसमध्ये कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई बिक्री खुला गरेको हो ।

    यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend