२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी, देशभर बढेको केबलकार निर्माणको गति


सञ्चार डबली
  • आइतबार, असार २२ २०८२
  • 6.2K
    SHARES

  • images
    जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी, देशभर बढेको केबलकार निर्माणको गति

     

    काठमाडौं ।  जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ ।  निजी लगानीमा अहिलेसम्म झन्डै तीन हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ ।  सेयर बजारमा बजार पुँजीकरणको हिसावले जलविद्युत् क्षेत्र १५.५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ । 

    जलविद्युतमा जस्तै अहिले निजी क्षेत्रले एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् ।  निजी लगानीमा देशभरि धमाधम केबुलकार निर्माण हुन थालेको छ ।  नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ । केबलकारमा पनि बैंकहरुले लगानी गरिरहेका छन् ।

    चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो ।  मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् । मनकामना केबलकारले मनकामनामा रिसोर्ट सञ्चालनमा ल्याइकेको छ भने पोखरामा अर्को केबलकार बनाइरहेको छ ।

    केबुलकार मात्र हैन अहिले तल्लो स्टेशन र माथिलो स्टेशनमा पाँचतारे स्तरका रिसोर्टहरु बन्न थालेका छन् । हाल धार्मिक एवंम प्राकृतिक स्थलमा पर्यटक आकर्षित गर्न रिसोर्टसहितको केबलकार निर्माणले तीव्रता पाएको छ ।  अहिलेसम्म पहिचान भएका १५ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा रहेका छन् । 

    सञ्चालनमा आइसकेका, निमाणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १५ केबलकारमा मात्र हालसम्म एक खर्ब चार अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend