२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड


सञ्चार डबली
  • शनिबार, असार २१ २०८२
  • 7.6K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड

    काठमाडौं— राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डको सुविधा प्रदान गरेको छ। सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो।

    बैंकको क्रेडिट कार्डलाई एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिने छ। साथै, नेपाली रुपैयाँमा हुने अनलाइन कारोबारका लागि समेत कार्डले सहज रुपमा काम गर्नेछ । 

    क्रेडिट कार्डको प्रमुख विशेषताहरुमा नेपाल, भारत र भुटानमा मान्य हुनुका साथै पिओएस र एटीएममा सजिलै प्रयोग गर्न सकिनेछ । यस्तै, क्रेडिट लिमिटको १० प्रतिशतसम्म नगद झिक्न सकिने सुविधा, कम ब्याजदर र कमिसन, खरिदमा अधिकतम ४५ दिनसम्म ब्याजमुक्त अवधिको व्यवस्था र ५ वर्षको मान्यता रहने बैंकले जनाएको छ।

    आरबिबी क्रेडिट कार्डको क्रेडिट लिमिट न्यूनतम २० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म तोकिएको छ। प्रत्येक अंग्रेजी महिनाको २३ तारिखमा बिलिङ (स्टेटमेन्ट) हुने र भुक्तानीको अन्तिम म्याद त्यसको १५ दिनपछि अर्थात् पछिल्लो महिनाको ८ वा ९ तारिखसम्म तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend