२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट


सञ्चार डबली
  • शुक्रबार, असार २० २०८२
  • 5.2K
    SHARES

  • images
    एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०ं शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

    जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन एससीटी यूपीआइ कार्ड प्रयोग गरी पस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ ।

    यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । एससीटीले यस अघि बिगमार्टमै एससीटी स्मार्ट वइनस्डे अफर दिदै आएको थियो । जसमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउनु हुन्थ्योे । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend