२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकको बर्दिवासमा शाखा विस्तार


सञ्चार डबली
  • शुक्रबार, असार २० २०८२
  • 5.9K
    SHARES

  • images
    एभरेष्ट बैंकको बर्दिवासमा शाखा विस्तार

    काठमाडौं। एभरेष्ट बैंकले महोत्तरीको बर्दिवास नगरपालिका–१ मा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। बर्दिवाससहित मधेसमा बैंकको शाखा संख्या १५ पुगेको छ।  शाखा उद्घाटन बर्दिवासका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरे। 

    कार्यक्रममा बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, बैंकका मधेस प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेतीलगायत सहभागी थिए।

    बर्दिवासमा शाखा स्थापनासँगै यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकको छ।

    हाल बैंकले १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६८ एटीएम, ३२ वटा राजस्व संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend