२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब ६४ करोडको कारोबार


सञ्चार डबली
  • बिहीबार , असार १९ २०८२
  • 5.4K
    SHARES

  • images
    नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब ६४ करोडको कारोबार

     

     काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ । 

    आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९।९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ र समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भयो । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँ र तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend